सदन खुलाउन कार्यव्यवस्था समितिको बैठक आह्वान

काठमाडौं । नेकपा एमालेको अवरोधलाई लिएर सदन खुलाउने विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेद्वारा आज मंगलबार बैठक आह्वान गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक १२ बजे आह्वान गरेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्नु भई उनले बैठक तय गरेको सचिवालयको भनाइ छ । सभामुखले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर