ब्राजिली मिडफिल्डर फाबिन्हो साउदी क्लब अल इतिहाद लागे

काठमाडौं । लिभरपुलका ब्राजिली मिडफिल्डर फाबिन्हो साउदी क्लब अल इतिहाद लागेका छन् । लिभरपुलका प्रभावशाली मिडफिल्डर तीन वर्षको सम्झौता सहित साउदी लागेका हुन् ।

२९ वर्षका खेलाडी लिभरपुलसँग प्रशिक्षक गर्न जर्मनीमा गएका थिएनन् । उनीमाथि साउदी क्लबले ४० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।

उनी क्लबको सिंगापुर भ्रमणमा समेत निस्किएका थिएनन् । ब्राजिलका लागि २९ क्याप खेलेका उनी मोनाकोबाट सन् २०१८ मा लिभरपुल आएका थिए ।

उनी ३९ मिलियन पाउण्डमा इङ्लिस क्लबमा आबद्ध भएका थिए । साउदी प्रो लिगमा अनुबन्धन भएका फाबिन्हो पछिल्लो हाइ प्रोफाइलका खेलाडी हुन् ।

फाबिन्होले २ सय १९ खेलमा लिभरपुलबाट ११ गोल गरेका छन् । उनी क्लबलाई प्रिमियर लिग, च्याम्पियन्स लिग, एफ ए कप, लिग कप र फिफा क्लब विश्वकप जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर