जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल हमला, ६ जनाको मृत्यु

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीको गृेहनगर ‘क्रिभि रिह’ शहरमा रुसले गरेको मिसाइल आक्रमणमा १० वर्षीया बालिका सहित ६ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा ६९ जना घाइते भएका छन् । सो क्षेत्रका गभर्नर सेर्ही लिसाकले यो घटनापछी नगरमा एकदिने शोक घोषणा गर्नुभएको छ । सो शहर पछिल्लो समय रुसी आक्रमणको निशाना बन्दै आएको छ ।

६ लाख मानिसको बसोबास रहेको सो शहरमा मिसाइल आक्रमण भएको जनाउँदै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आवासिय भवन र विश्वबिद्यालयमा मिसाइल प्रहार भएको पुष्टी गरे । साथै उनले घटनाले देशलाई आघात पुगेतापनि रुसी हमलाले नडराउने आग्रह गरे ।

आक्रमण लगत्तै सामाजिक सञ्जालमा ट्वीट् गर्दै उनले रुसले युक्रेनमाथि नरसंहार मच्चाएको आरोप पनि लगाए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर