चर्चित स्टन्टम्यान ल्युसिडीको भवनबाट खसेर मृत्यु

काठमाडौं । फ्रान्सका चर्चित स्टन्टम्यान ल्युसिडी ट्रेगुंटरको हङकङस्थित एक गगनचुम्बी भवनबाट खसेर मृत्यु भएको छ ।

विश्वका विभिन्न गगन चुम्बी भवन चढेर प्रख्याती कमाएका विश्वका प्रख्यात स्टन्टमध्ये एक ल्युसिडीको हङकङस्थित गगनचुम्बी भवनबाट चिप्लेर मृत्यु भएको हो ।

सो भवनको माथिल्लो तलामा पुग्ने क्रममा ४९ औं तलामा रहेको पेन्टहाउसबाट उनी चिप्लेर लडेका हुन् । सो भवनको पेन्टहाउसमा पस्ने क्रममा उनको सन्तुलन गुमेर लड्दा मृत्यु भएको बताइएको छ ।

सो भवनको ४९ औं तलाबाट उनले फोटो खिचि सामाजिक सञ्जालमा पोष्ट गरेको केही बेरमा नै उनी सो भवनबाट खसेको बताइएको छ । सो भवनमा प्रवेश गर्नु अघि सुरक्षागार्डलाई उनले ४० तलामा रहेका आफना साथी भेट्ने भन्दै प्रवेश गरेको बुझिएको छ ।

उनले यसअघि विश्वका थुप्रै गगनचुम्बी भवनहरुमा साहसिक स्टन्ट प्रस्तुतगरी ख्याती कमाइसकेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर