संवैधानिक परिषद्को बैठक आज मंगलबार बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्दैछ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बैठक दिउँसो ४ बजे बस्न लागेको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदैछ ।

संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

तर, प्रधानन्यायाधीशले अवकाश पाउने ४ दिनअघि बल्ल संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।​ मंगलबार नै परिषद्ले सिफारिस गरे संसदीय सुनुवाइ समितिमा पठाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर