मधेश प्रदेशमा मन्त्रीमण्डल विस्तार

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रदेशका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले हिजो सोमबार पाँचौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका शुन् ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका मोहमद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंह नियुक्त भएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै पद तथा गोपनीयताको शपथ गराए । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । जसपाबाट विनाविभागीय मन्त्री सुरिता साह यथावत् छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर