बालेनको डोजरअगाडि अन्ततः राप्रपाले ३५ दिनभित्र कार्यालय हटाउने म्याद माग्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गर्न काठमाडौँ महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ । राप्रपाका केही नेताहरू आजै सोमबार अपराह्न महानगरपालिकाको कार्यालय पुगेर प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीलाई ३५ दिने म्याद दिन पत्र बुझाएका हुन् ।

महानगरले धुम्बाराहीस्थित राप्रपाको कार्यालय खाली गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो । राप्रपाले भने कानुनबमोजिम ३५ दिनको समय मागेको हो ।

आजै राप्रपाको भवन भत्काउने योजनाका साथ महानगरबाट ३०० नगर प्रहरीसहित डोजर परिचालन गरिसकेको थियो । राप्रपाको कार्यालयबाट करिब ३०० मिटर दुरीमा डोजर राखेर नगर प्रहरीहरू बालेनको आदेश पर्खेर बसिरहेका थिए । यसअघि महानगरपालिकाले राप्रपाको पार्टी कार्यालयको भवनमाथि डोजर चलाउने भनेपछि पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको थियो। डोजर जाने बाटोमा राप्रपाका कार्यकर्ताले गाडी तेर्स्याएर राखेका थिए भने कार्यालयपरिसरमा ठूलो सङ्ख्यामा कार्यकर्ताको भीड लागेको थियो । यसअघि शुक्रबार महानगरले राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर