प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि परसर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध गर्ने पक्कापक्की भएपछि सरकारको आग्रहमा सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित गरिएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरबाट एक क्विन्टल सुन बरामदको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान यथावत् राखेपछि सोमबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। यसअघि गत १० साउनमा बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले सोही माग राखेको थियो। उक्त माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने एमालेको अडान छ।

संसद खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ मुख्य घटक नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतासँग छलफल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर