पाल्पामा बाढीपहिरोले सात घरपरिवार विस्थापित

काठमाडौं । केही दिनदेखि परेको वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका सात घरपरिवार विस्थापित भएका छन् । घर पहिरोले बगाएपछि स्थानीय डिलबहादुर बगालेको परिवार विस्थापित भएको कचलका वडाध्यक्ष भुवनसिंह चिदीले जानकारी दिए ।

बाढीपहिरोबाट कचलको ५० घर बढी परिवार प्रभावित बनेका छन् । कचलको पाँचचोट र ओखलढुङ्गा गाउँसमेत बाढी र पहिरोले प्रभावित बनेको छ । यस्तै, कचलको बुढीकोट, ठुलीउदाङ्, कुँडापानी पनि पहिरोको जोखिममा वडाध्यक्ष चिदीले बताए । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बाढीपहिरोले पालिकाले निर्माण गरेका भौतिक संरचना, व्यक्तिगत घर, सार्वजनिक सम्पत्तिमा क्षति पुगेको बताए ।

बाढी पहिरोका कारण एक सातादेखि कचल गाउँपालिकाको केन्द्रदेखि सम्पर्कविच्छेद बनेको र बाटोमा सवारीसाधन सञ्चालन गर्न नसक्ने भएपछि स्थानीय बासिन्दा तीन घण्टा पैदलयात्रा गरेर पालिकाको केन्द्र दोभानसम्म आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर