शिविरमा झडप हुँदा ५ जनाको मृत्यु

काठमाडौं । लेबनानमा रहेको पेलेस्टेनी शिविरमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ ।

लेबनानको दक्षिणी बन्दरगाह शहर सिडोन नजिक रहेको शिविरमा भएको उक्त घटनामा ७ जना घाइते भएका छन् । सो शिविरमा रहेका महमुद खलिललाई बन्दुकधारी सशस्त्र समुहले हत्या गर्ने प्रयास गरेपछी झडप सुरु भएको हो ।

सो शिविरमा रहेका पेलेस्टेनीबीच बेला बेलामा झडप हुने गरेकाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेको बेला पुनः झडप भएको हो । सो शिविरमा सन् १९४८ इजरेली सेनाबाट बिस्थापित हजारौं पेलेस्टेनीहरु रहने गरेका छन् ।

सशस्त्र बिद्रोही समुहले शिविरमा रकेट र ग्रेनेड आक्रमण गरेको बताइएतापनि यसको पुष्टी भएको छैन । घटन लगत्तै त्यहाँको सुरक्षा व्यवस्था कडा तुल्याईएको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर