बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ४४ पुगे

काठमाडौं । पाकिस्तानमा एउटा इस्लामिक पार्टीको र्‍यालीमा गराईएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

घटनामा सयभन्दा बढी घाइते भएको र ती मध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बजुर जिल्लामा पाकिस्तानको जमियत उलेमा–ए–इस्लाम फजल दलले निकालेको र्‍यालीमा बिस्फोट भएको हो ।

सो जिल्ला अफ्गानिस्तानसँग सीमा जोडिएको जिल्ला हो । बिस्फोटमा जमियतका एक प्रमुख स्थानीय नेताको पनि मृत्यु भएकोे छ । बिस्फोटको समय नेताहरुको भाषण सुन्न भेला भएका मानिसहरुमा भागदौड मच्चिएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट सो बिस्फोट आत्मघाती भएको खुलेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ सहित अन्य नेताहरूले बिस्फोटको निन्दा गरेका छन् । बिस्फोटका कारण दर्जनौ सवारीसाधन ध्वस्त भएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर