मधेशमा जनमत पार्टी सरकारबाट अलग्गियो

काठमाडौं । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज सोमबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् । उनीहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।

जनमत पार्टीका नेता बीपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा गरेका हुन् । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी) का गोविन्द न्यौपानेलाई दिएको थियो । त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर