आज पनि एमालेले प्रतिनिधिसभामा अवरोध खडा गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज सोमबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध खडा गर्ने भएको छ। एमालेले दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक चल्न नदिने भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको आज बिहानको भेटमा सहमति हुन नसकेपछि अध्यक्ष केपी शर्मा ओलीले सदन अवरुद्ध पार्ने जानकारी गराएका थिए।

‘प्रधानमन्त्रीज्यूले संसद् चलाऔं। आफ्ना कुराहरू राखौँ भनेर आग्रह गर्नुभयो। तर, उहाँ (ओली) ले सकारात्मक प्रतिक्रिया दिनुभएको छैन,’ प्रधानमन्त्रीनिकट सूत्रले उल्लेख गरेको छ । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दै सदनको बैठक अवरुद्ध पार्दै आइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर