माओवादी केन्द्रको विधान सम्मेलन आगामी मङ्सिरमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टीको विधान सम्मेलन आगामी मङ्सिरमा गर्ने विषयमा छलफल भएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सोमबार पदाधिकारीको बैठकमा केन्द्रीय समितिको बैठककै तयारीमा छलफल केन्द्रित भएको जानकारी दिए ।

उनले भने, “बैठकमा केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा छलफल भयो । अब पर्सि केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ । विधान सम्मेलन मङ्सिरमा गर्ने प्रस्ताव भएको छ ।” बालुवाटारमा शनिबारदेखि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदनका लागि पदाधिकारीको धारणा एवम् सुझाव लिएको हो। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन १७ गते बिहान ११ बजे कमलादीस्थित प्रज्ञाभवनमा बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर