सुन तस्करी छानविन गर्न समिति बनाउन वर्षमानको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले सुन तस्करीको छानविनका लागि संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्। सोमबार बसेको पार्टी पदाधिकारीहरुको बैठकमा विशेष समय लिएर बोलेका पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए।

पुनले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताउँदै त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर