मेयर बालेनलाई चुनौती दिँदै राप्रपाका कार्यकर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।

महागरका प्रमुख बालेन्द्र साहको निर्देशनमा मापण्डविपरीत बनाइएको धुम्बाराहीस्थित पार्टी कार्यालय हटाउन लागिएपछि कार्यालयमा राप्रपाका नेता तथा कार्यकर्ताको भीड लागेको हो । आज (सोमबार) महानगरपालिकाको टोली डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि राप्रपाका नेता कार्यकर्ताहरुले अवरोध गर्ने जनाइरहेका छन् ।


डोजर जाने बाटोमा राप्रपाका कार्यकर्ताले गाडी तेर्स्याएर राखेका छन् भने कार्यालय परिसरमा ठूलो सङ्ख्यामा भीड लागेको छ । यसअघि शुक्रबार महानगरले राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो । सो समयमा राप्रपाले कार्यालय नहटाएपछि महानगरले आज डोजर चलाउन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर