आँधीबेहरीमा परी ७ जनाको मृत्यु

काठमाडौं । रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो ।

मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल लगिएको छ । शनिबार साँझ ६ बजे उक्त घटना भएको हो ।

घटनास्थल मारी एल र छिमेकी टाटारस्तानका बासिन्दाहरूको लागि लोकप्रिय मनोरञ्जन स्थलले हो । हुरीले धेरै रुखहरू ढाल्दा समुद्र तटमा करिब पाँच सय कार र त्रिपालमा मानिसहरू बसेका थिए । घटनास्थलमा उद्धारकर्ता, प्रहरी र रुसी आपत्कालीन मन्त्रालयको हवाई समूह संलग्न छ । मारी एल मस्कोबाट छ सय ५० किलोमिटर पूर्वमा अवस्थित छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर