सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षात्का कारण तिनाउ –३, रामापिथेकस नजिकै सुरुङ मार्गमाथिबाट शनिबार रातिदेखि खसेको पहिरोले पुरिएर अवरुद्ध सडक आइतबार एकतर्फी खुलाइएको हो ।

सडक खुलाउन दुई वटा स्काभेटरसहितका उपकरण प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । एकतर्फी रुपमा सञ्चालन भएपछि जाम नहुनेगरी सवारीसाधन आवतजावत सहज बनाइएको उनले जानकारी दिए । माथिबाट पहिरो खस्न नरोकिएकाले पूर्णरुपमा सडक खुलाउन भने समय लाग्ने प्रहरीले जनाएको छ । सडक खुलेपछि यात्रुहरू गन्तव्यतर्फ लागेका छन् । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको उत्तरतर्फको ढोकामाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर