ठमेलको एक होटेलमा छापा : एक जना पक्राउ

काठमाडौं । एक सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ठमेलको एक होटेलमा छापा मारेको छ । आज आइतबार बिहान विभागले उक्त होटलमा छापा मार्दा दावा छिरिङ नाम गरेका एक जनालाई पक्राउ गरेको छ ।

चीनको हंडकङबाट ‘ब्रेक शु’ भित्र आएको सुन विमानस्थलको भन्सार जाँच पास भए बाहिरिएपछि राजस्वको टोलीले बरामद गरेको थियो । सोही प्रकरणमा छिरिङको समेत संलग्नता देखिएको आशंकामा विभागले उनलाई केही कागजातसहित पक्राउ गरेको हो । उनीसंगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । उक्त सुनबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर