बार्सिलोनाले रियल मड्रिडलाई हरायो

काठमाडौं । मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियललाई ३–० ले हराएको हो ।

दुवै टोली नयाँ सिजनको तयारीका लागि यूएस टूरमा रहेका छन् ।

खेलमा अग्रता उसमान डेम्बेलेको गोलमा १५ औं मिनेटमा बार्सिलोनाले लिएको थियो ।

खेल सकिन ५ मिनेट अघि फिर्मिन लोपेज मार्टिनले बार्सिलोनाको अग्रतालाई दोब्बर बनाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ३–० को शानदार जित दिलाए ।

पछिल्लो मैत्रीपूर्ण खेलमा बार्सिलोनाले लण्डन क्लब आर्सनलसँग ५–३ को हार ब्यहोरेको थियो भने रियल मड्रिडले म्यानचेस्टर युनाईटेडविरुद्ध २–० को जित दर्ता गरेको थियो ।

अगष्टमा सुरु हुने ला लिगाको नयाँ सिजन अघि भएको मैत्रीपूर्ण एल–क्लासिकोमा बार्सिलोनाले शानदार जित आत्मसाथ गरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर