आइतबार बिहानै रुसी राजधानी मस्कोमा ड्रोन हमला

काठमाडौं । युक्रेनले रुसी राजधानी मस्कोमा आइतबार बिहान ड्रोन हमला गरेको छ ।

ड्रोन हमलाबाट कुनै मानवीय क्षति नभए पनि रुसी राजधानीमा हल्लाखल्ला भने मच्चिएको छ । तीन वटा ड्रोनबाट हमला गरेकोमा रुसी सेनाले एउटा ड्रोनलाई असफल बनाएका थिए भने दुई वटा ड्रोनलाई विद्युतीय युद्धकलाबाट निस्तेज पारिएको थियो ।

निस्तेज पारिएका दुई वटा ड्रोन खस्दा एउटा सरकारी भवनको अगाडिको भागमा केही क्षति पुगेको मस्कोका मेयर सर्गेई सोब्यानिनले बताएका छन् ।

रुसी रक्षा मन्त्रालयले युक्रेनले आतंककारी हमलाको प्रयास गरेको भन्दै एउटा ड्रोन गोली हानी खसालिएको र दुई वटालाई विद्युतीय युद्धकलाबाट निस्तेज पारिएको बताएको छ ।

आइतबार बिहान ड्रोन हमलाको खबर फैलिएपछि मस्कोस्थित विनुकोभ विमानस्थल बन्द गरिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर