विस्फोटमा ९ जनाको मृत्यु १ सय १५ जना घाइते

काठमाडौं । थाइल्याण्डको एउटा पटाका गोदाममा शनिबार भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने १ सय १५ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा ३ बालबालिका रहेका छन् । थाइल्याण्ड र मलेसियाको सिमानजिक सुंगाई कोलोक भन्ने ठाउँमा भएको विस्फोटमा परि १ सय १५ जना घाइते भएका छन् ।

विस्फोटका कारण व्यस्त बजारमा रहेको गोदाम पुर्ण रुपमा क्षतिग्रस्त भएको छ भने आसपासका दर्जनौं घरमा पनि क्षती पुगेको छ । विस्फोटपछी सो गोदाममा लागेको आगो घण्टौंको प्रयासपछी नियन्त्रणमा लिईएको थियो ।

गोदाम रहेको भवन निर्माणका क्रममा गरिएको वेल्डिङका कारण विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर