चोरीको मोटरसाइकल सहित गिरी पक्राउ

काठमाडौं । प्रहरीले चोरी गरेको मोटरसाइकल सहित एक जनालाई काठमाडौंको तारकेश्वर नगरपालिका–५ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका १ का २६ वर्षीय दिनेश गिरी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

गुम्बास्थित मनमैजुबाट प्रदेश ३–०२–०१० प ७०८० नम्बरको मोटरसाइकल गत वैशाख १७ गते मनमैजुबाट भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३–०२–०११ प ४५९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई शुक्रबार ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको हो ।

गिरीलाई थप अनुसन्धान तथा कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर