कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड : सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन् ।

कांग्रेस काठमाडौं महानगर सम्मेलनको शनिबार उदघाट्न गर्दै उनले प्रशिक्षण पनि गर्नका लागि मात्रै नभएर साच्चिकै कार्यकर्ताको र पार्टी जिवनमा परिवर्तन को अनुभुत हुनेगरि कार्यक्रम बनाएर जानु पर्ने बताएका हुन् ।

संगठन बलियो भएमात्र पार्टी बलियो हुने र आगामी चुनौती सामना गर्न सकिने भन्दै उनले त्यसतर्फ जिम्मेवारीमा रहेकाहरु सबै नेता(कार्यकर्ता गम्भीरताका साथ लाग्नुपर्ने बताए ।

स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीहरू बीच सहकार्य अझै प्रभावकारी देखिनु पर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर