इटालीमाथि जित निकाल्दै स्विडेनको नकआउट चरण यात्रा निश्चित

काठमाडौं । इटालीमाथि सजिलो जित निकाल्दै स्विडेनले वुमेन्स वर्ल्डकप २०२३ को नकआउट चरण यात्रा निश्चित गरेको छ ।

समूह ‘जी’ बाट अन्तिम १६ मा प्रवेशका लागि स्विडेनले प्रभावशाली ५–० को जित निकालेको हो ।

यो नतिजापछि स्विडेनको छ अंक भएको छ । दुई खेल खेलेको स्विडेन समूहको शीर्षमा छ । त्यसपछि इटालीको तीन अंक छ ।

बाँकी दुई टिम दक्षिण अफ्रिका र अर्जेन्टिनाको समान एक एक अंक छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा स्विडेनका लागि अमन्डा इल्सेटेल्डले दुई गोल गरिन् भने रोल्फो, ब्लाकटेनिस र ब्लोमक्विस्टले एक एक गोल गरे । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर