मनसुनी गतिविधि सक्रिय रहेकाले अझैं केही दिन वर्षा

काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहेकाले अझैं केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका अधिकांश स्थानमा केही दिन वर्षा हुने छ ।

देशका धेरैजसो स्थानमा अझै दुई तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको मौसमविद्हरुको भनाइ छ ।

महाशाखाका अनुसार शनिबार राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

नेपालमा मनसुन गत वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै १५ दिन लागेको थियो ।

विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर