आयरल्यान्ड र स्कटल्यान्ड टी-ट्वान्टी विश्वकपमा छनोट

काठमाडौं । आयरल्यान्ड र स्कटल्यान्ड आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा छनोट भएका छन् ।

आइसीसी टी-ट्वान्टी विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् ।

स्कटल्यान्डले डेनमार्कलाई ३३ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्यो । स्कटल्यान्ड ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो ।

जमर्नीसँगको खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप खेल्ने पक्का भएको थियो । आयरल्यान्ड ५ खेलमा ४ मा जितसहित ९ अंकका साथ दोस्रो स्थानमा छ ।

ireland1687834369.jpg

आयरल्यान्ड र न्युजिल्यान्ड एक खेल अगावै विश्वकपमा छनोट भएका हुन् । आयरल्यान्ड र स्कटल्यान्डबीच शुक्रबार खेल हुनेछ । उक्त खेलको नतिजाले प्रतियोगिता विजेता निर्धारण गर्नेछ ।

नेपालले पनि आगामी नोभेम्बरमा एसिया क्षेत्रको विश्वकप छनोट आयोजना गर्नेछ । प्रतियोगितामा नेपाल, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्र छनोट ए र बी बाट आउने दुई टोली हुनेछन् ।

एसिया क्षेत्रबाट विश्वकपमा शीर्ष दुई टोली छनोट हुनेछन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर