चेल्सीले गरेको ८० मिलियन पाउण्डको प्रस्तावलाई अस्विकार

काठमाडौं । ब्राइटनले मिडफिल्डर मोइजेस कैसिदोका लागि चेल्सीले गरेको ८० मिलियन पाउण्डको प्रस्तावलाई अस्विकार गरेको छ ।

२१ वर्षका मिडफिल्डरले रोबर्टो डी जेब्रीको टिमबाट शुक्रबार न्युक्यासलविरुद्ध खेल्ने तालिका छ ।

ब्राइटनले कैसिदोमाथिको प्रस्तावलाई तत्कालै अस्विकार गरेको हो । क्लब इक्वेडरका अन्तराष्ट्रिय खेलाडीलाई आफैसँग राख्न प्रतिबद्ध देखिएको छ ।

कैसिदोलाई चेल्सीले लामो समयदेखि अनुबन्धन गर्ने कोशिश गरिरहेको छ । यसअघि चेल्सीका दुई प्रस्तावलाई ब्राइटनले अस्विकार गरिसकेको छ ।

गत वर्ष समेत ब्राइटनले चेल्सीसँग यस्तै ब्यबहार देखाएको थियो, डिफेन्डर मार्क कुकुरेला अनुबन्धन गर्दा । जब लण्डक क्लबले ६० मिलियन पाउण्डको बोली लगायो, ब्राइटन नरम बनेको थियो ।

ब्राइटनका प्रशिक्षक डी जाब्रीले गत हप्ता कौसिदोलाई अर्को सिजन क्लबमै राख्ने बताएका थिए ।

क्लबले गत सिजन छैटौं स्थानमा रहेर लिगको अन्त्य गर्दै युरोपा लिगमा छनोट भएको थियो । ब्राइटनको शानदार यात्रामा कौसिदो मुख्य खेलाडी थिए ।

कौसिदोले गत जनवरीमा ब्राइटनसँग क्लब छाड्ने इच्छा देखाएका थिए, र आर्सनल जान इच्छुक रहेको बताएका थिए । क्लबले छाड्न नमानेपछि उनले ब्राइटनसँग सन् २०२७ सम्म रहने गरि सम्झौता नविकरण गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर