ओलीलाई बुढेसकालमा याद आयो शास्त्रीय संगीत र भने, “आनन्द र रमाइलो भयो”

काठमाडौं । झापाकाण्डबाट राजनीतिक शिर उठाएका वर्तमान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बुढेसकाल लागेर हो ? कि सांगीतिक प्रेम ? कारण जेसुकै होस् बिहीबार (हिजोको साँझ) पूर्वीय शास्त्रीय संगीतको  सम्झना आएछ र नेपालका हाल नामुद कहलिएका शास्त्रीय संगीतका साधक वरिष्ठ कलाकारहरूको प्रस्तुतीले मन्त्रमुग्ध भएका छन् । ओली स्वयंले आफू शास्त्रीय संगीतको मिठास र शास्त्रीय संगीतको आनन्दबाट रमाइलो भएको सामाजिक सञ्जालबाट जानकारी दिए ।

जीवनभर वामपन्थी दर्शन र साहित्यको प्रचार गर्न नथाकेका ओलीलाई पूर्वीय शास्त्रीय संगीतले दिएको मिठास र आनन्दमा पूर्वीय संस्कृति कति धनी र जीवन्त रहेछ भन्ने कुरा ओलीले बुढेसकालमा आएर हेक्का राख्न पुगेको बालकोटस्थित उनको निजी निवासमा हिजो भएको सांगीतिक जमघटलाई लिन सकिन्छ । नेपाली राजनीति त्यसमाथि पछिल्ला घटनाक्रमलाई नियाल्ने हो भने ओलीले राष्ट्रिय परिचयपत्र बनाउँदा नेपाली महिलालाई सिन्दूर पुछ्न लगाएको टिप्पणी पनि उल्लेख्य हुन आउँछ । त्यतिबेला ओलीको कडा टिप्पणी थियो, सिन्दूर पोछ्न लगाएर तस्बिर खिचेको परिचयपत्र फ्याँकिदिए हुन्छ । यो हाम्रो संस्कृतिविरुद्ध हो । ओलीको उपरोक्त टिप्पणीलाई सनातन धर्मका एक सच्चा अनुयायी मान्ने कि नमान्ने ? भन्ने प्रश्नले आफैँ उत्तर खोजिरहेको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन् :- ‘शास्त्रीय सङ्गीतका साधकहरूले सुनाउनुभएको मेघा मल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद !’

अध्यक्ष ओलीको घरमा शास्त्रीय सङ्गीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर