समाजवादी मोर्चा नेपालको कार्यविधि कार्यान्वयनमा

काठमाडौं । समाजवादी मोर्चा नेपालले कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले चार पार्टीको अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ । संयोजन समितिको मातहतमा केन्द्रीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा हुनुहुन्छ। जुन पार्टीले अध्यक्षता गरेको हुन्छ, सोही पार्टीको प्रतिनिधि सदस्यसचिव रहने व्यवस्था छ ।

कार्यविधिमा सचिवालयको काम, कर्तव्य र अधिकारबारे ६ बुँदामा व्यवस्था गरिएको छ । मोर्चामा आबद्ध दलसँगको समन्वयमा कामकारबाही व्यवस्थित बनाउन कार्यविधि ल्याइएको हो । मोर्चाको नीति, योजना र कार्यक्रमको कार्यान्वयन गर्न सचिवालय गठन गरिएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । सचिवालयले केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयन र योजना बनाउने छ ।

महासचिव गुरुङका अनुसार मोर्चाको बैठक तथा कार्यक्रमको सञ्चालन, एजेन्डा प्रस्तुत, कार्यालयको प्रशासनिक कामको नेतृत्व तथा बैठकको माइन्युट तयार गर्ने जिम्मेवारी सदस्यसचिवलाई दिइएको छ । समाजवादी मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गरिने भएको छ । महासचिव गुरुङले भने, “प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ । जिल्ला संयोजन समितिले पालिका तहसम्म सङ्गठन विस्तार गर्न सक्नेछ । मोर्चामा सामेल हुन चाहने अन्य समाजवादी तथा प्रगतिशील राजनीतिक पार्टीलाई आपसी सहमतिका आधारमा केन्द्रीय संयोजन समितिले निर्णय गरी सामेल गर्न सक्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर