अर्जेन्टिनाले आक्रामक फुटबल कस्तो हुन्छ, त्यसकै नमुना पेस गर्‍यो

काठमाडौं । दुई गोलले पछाडि रहेको स्थितिमा अर्जेन्टिनालाई राम्रोसँग थाहा थियो, यो नतिजाले वुमेन्स वर्ल्डकप २०२३ मा उसको चुनौती समाप्त हुनेछ ।

यस्तोमा अर्जेन्टिनाले आक्रामक फुटबल कस्तो हुन्छ, त्यसकै नमुना पेस गर्‍यो ।

नतिजा समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ ।

अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए ।

संयोगले महिला विश्वकपमा दक्षिण अफ्रिकाले जितेको यो पहिलो अंक हो, तर स्पष्ट जित हात पार्न नसकेकोमा उसाई पछुताउ भने रहनेछ ।

यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह ‘जी’ को पुछारमा रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर