भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायो

काठमाडौं । एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएको छ ।
भारतले १ सय १५ रनको लक्ष्य २२ दशमलव ५ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि इशान किशनले सर्वाधिक ५२ रन बनाए । शुभमन गिल ७, सुर्यकुमार यादव १९, हार्दिक पाण्डेया ५ रनमा आउट भए । रबिन्द जडेजा १६ र रोहित शर्मा १२ रनमा नटआउट रहे । सार्दुल ठाकुर एक रनमा पेविलियन फर्किए ।

सुरुआतमा ब्याटिङ गरेको वेस्ट इन्डिज १ सय १४ रनमा अलआउट भयो । कुलदिप यादवले ४ विकेट लिएपछि वेस्ट इन्डिजको इनिङ्स चल्न सकेन ।

साइ होपले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । वेस्ट इन्डिजका ७ ब्याट्म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

भारतका कुलदिपले ४ विकेट लिएको खेलमा रबिन्द जडेजाले ३ विकेट हात पारे । हार्दिक पाण्डेया, मुकेश कुमार, सार्दुल ठाकुले समान एक विकेट लिए ।

भारतले तीन म्याचको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि वेस्ट इन्डिजविरुद्ध भएको दुई म्याचको टेष्ट सिरिज भारतले १–० ले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर