लिजेण्ड डेभिड सिल्भाले फुटबलबाट सन्यास लिए

काठमाडौं । म्यानचेस्टर सिटीका लिजेण्ड डेभिड सिल्भाले फुटबलबाट सन्यास लिएका छन् । ३७ वर्षका खेलाडीले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

उनी पछिल्लो हप्ता गम्भिर चोट बोकेका थिए । अन्तत उनले फुटबलबाट बिदा लिने निर्णय लिएका हुन् ।

गत हप्ता अभ्यासको क्रममा उनले चोट बोकेका थिए । उनी सन् २०२० मा रियल सोसिडाडमा आबद्ध भएका थिए ।
स्पेनका अन्तराष्ट्रिय स्टार सिल्भाले १९ वर्षको खेल जिवनबाट बिदा लिएका हुन् ।

उनले भ्यालेन्सियाबाट करियरको सुरुआत गरेका थिए । युथ एकेडेमीबाट आएका सिल्भाले १ सय ६८ खेलमा ३२ गोल गरेका थिए । साथै उनले ३६ खेलको अवसर सिर्जना गरेका थिए । उनले सन् २००८ मा स्पेनिस कपको समेत उपाधि जितेका थिए ।

उनी सन् २०१० मा म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए । उनी सिटीका सबैभन्दा ठुला लिजेण्ड खेलाडी बनेर निस्किए । उनले ४ सय ३६ खेलमा ७७ गोल गर्दै १ सय ४० गोलको अवसर सिर्जना गरेका थिए । उनले सिटीबाट १४ मुख्य उपाधि जितेका थिए । जसमा चार प्रिमियर लिगको उपाधि समेत थियो ।

सिटीमा १० वर्ष बिताएका उनी स्पेन फर्किएका थिए । सिल्भाले सोसिडाडमा ९३ खेल खेलेका थिए । जसमा ७ गोल गर्नुका साथै १८ अवसर सिर्जना गरेका थिए । उनैले सोसिडाडलाई पछिल्लो एक दशकमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन महत्वपुर्ण भुमिका खेलेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर