कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त, ७ दिनभित्र अर्को सरकार गठन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधानिक भएको ठहर गर्दै सर्वोच्चले अदालतले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गर्ने फैसला गरेको छ । साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । अन्यथा अर्को उपधारामा जान भनिएको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश बिहीबार दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर