नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २९.७१ अंकले घटेर दुई हजार एक सय २६ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ४२ करोड ५७ लाखबराबरको कारोबार भएको छ । आज कारोबार भएका १६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसमध्ये आज एक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । यसको शेयर मूल्य आज ८ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १० करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर