बागमतीमा एक रुपैयाँ घट्यो गाडी भाडा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहीबारदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो।

इन्धनको मूल्य घटेसँगै सवारी भाडा पनि घटेको छ। जसअन्तर्गत काठमाडौं उपत्यकाभित्रका सवारी साधनहरुको भाडा १ रुपैयाँले घटेको छ।
उपत्यका बाहिर चल्ने सार्वजनिक यातायातको साधनमा २.३० प्रतिशतले भाडा घटेको छ। यसअघि गत जेठ ११ गते भाडा समायोजन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर