हाँडे–गलफुलोको लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे–गलफुलोको लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले हाँडे–गलफुलो भएर चिउँडो–गालाको एकातिर वा दुवैतिर सुन्निनु वा दुख्नेजस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको हो ।

डा. अधिकारीका अनुसार हाँडे–गलफुलो भएमा ज्वरो आउनु, हाडजोर्नी दुख्नु, खान मन नलाग्नु, रुघाखोकी लाग्नु, टाउको दुख्ने, थकान महसुस हुनु शरीर दुख्नेजस्ता लक्षण देखिने गर्दछ। यो रोग सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा र्‍याल, सिँगानको छिटाबाट सर्ने डा. अधिकारीको भनाइ छ ।

चिउँडो–गलफुलोले गर्दा अचेत हुनु, धेरै पेट दुख्नु, तारान्तार वान्ता हुनु, अण्डकोष सुन्निनु, कान दुख्नु वा सुन्ने क्षमता कमजोर हुनु जस्ता जटिलता निम्तने गर्दछन् । चिउँडो–गलफुलो भएर बिरामी भएमा कम्तीमा पाँच दिन घरमै आराम गर्न, प्रशस्त पोषिलो आहार र झोल खानेकुरा खान, सङ्क्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुँडा–कपडा प्रयोग नगर्न डा.अधिकारीको सुझाव छ ।

त्यस्तै, बिरामीले खोक्दा हाच्छिउँ गर्दा मुख छोप्ने, मास्क लगाउने, साबुनपानीले मिचिमिची हात धुन, व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिन डा. अधिकारी आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर