राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पुनः पारित

काठमाडौं । राष्ट्रियसभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकले सभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मतबाट पारित भएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो ।

राष्ट्रियसभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर