राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धमा ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका छन् ।

गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयक टेबुल भएको हो ।

योसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । राष्ट्रियसभाबाट बिहीबार नै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर