रियल मड्रिडले म्यानचेस्टर युनाईटेडलाई २–० ले हरायो

काठमाडौं । जुड बेलिङ्गहमले क्लबका लागि पहिलो गोल गर्दा रियल मड्रिडले म्यानचेस्टर युनाईटेड २–० ले पराजित गरेको छ ।

बोरुसिया डर्टमण्डबाट ८८ मिलियन पाउण्डमा रियल मड्रिड आएका बेलिङ्गहमले खेलको छैटौं मिनेटमा स्पेनिस क्लबलाई अघि बढाएका थिए । करिब ६८ हजार दर्शक अघि उनले सिजनको शानदार सुरुआत गर्न सफल रहे ।

२० वर्षका खेलाडीलाई म्यानचेस्टर युनाईटेडले समेत इच्छा गरेको थियो । उनले ४५ मिनेटमात्र मैदानमा बिताएका थिए ।

तर उनले नयाँ क्लबमा आफ्नो खाता खोल्न भने सफल रहे । जोसेलुले खेलको अन्तिम मिनेटमा अर्को गोल थप्दै रियललाई सहज जित दिलाए ।

युनाईटेडका मासन माउन्टलाई पहिलो हाफमा राम्रो अवसर प्राप्त गरेका थिए । युनाईटेडका नयाँ खेलाडी आन्द्रे ओनानाले पहिलो खेलमा जोसेलुकै प्रहारको राम्रो बचाउ गरेका थिए ।

प्रशिक्षक एरिक टेन हगले तिव्र गतिको फुटबल रियलविरुद्ध प्रस्तुत गरेका थिए । र अन्तिम नतिजाले युनाईटेडले एउटा फरवार्ड किन हस्ताक्षर गर्न चाहन्छ भन्ने प्रस्ट देखियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर