कोशी प्रदेश सरकार गठनको वैधानिकतासम्बन्धी रिट निवेदनमा आज फैसला आउने

काठमाडौं ।  सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकतासम्बन्धी रिट निवेदनमा बिहीबार फैसला आउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस बुधबार सकिएपछि हेर्दाहेर्दैमा राखेर बिहीबारको लागि फैसला सारिएको हो ।

सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षर समेत संलग्न गरि उद्धव थापा नेतृत्वको सरकार गठन भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । यसअघि सर्वोचचले कुनै पनि दीर्घकालीन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश पनि दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर