२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद

बाँके–। बाँकेको राप्तीसोनारी गाउँपालिका– १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।

नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा भेटिएका नेपाल टेलिकम र एनसेल का रिचार्ज कार्ड बरामद गरिएको हो ।

सुरक्षा वेश कुसुमले बरामद गरेका रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर