सीमा नाकामा सय रुपैयाँ प्रबन्ध खारेज गर्न माग

काठमाडौं ।  राष्ट्रिय एकता अभियानले नेपाल–भारत सीमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशोधन गर्न सरकारलाई आग्रह गरेको छ।

अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा एक टोलीले नेपाल सरकारका अर्थमन्त्री प्रकाशसरण महतलाई नेपाल–भारत सिमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशोधन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो।

सरकारको यस्तो निर्णयले वाणिज्य क्षेत्र, उपभोक्ता हित र द्विपक्षीय सम्बन्धलगायत विभिन्न क्षेत्रहरूमा अनपेक्षित प्रतिकूल परिणामहरू ल्याउन सक्ने ठहर अभियानले गरेको छ।  ज्ञापनपत्रमा भनिएको छ, “खुला सिमाना तथा रोटीबेटीको परम्परागत सम्बन्धले भारतसँगग हाम्रो अन्योन्याश्रित सम्बन्ध छ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर