सुनकाण्डमा रास्वपाको सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणलाई लिएर बुधबार संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ। रास्वपा उक्त प्रस्तावमा रास्वपा सभापति रवि लामिछाने हस्ताक्षर गरेका छन्। प्रस्तावमा सुनकाण्डलाई लिएर सरकार जवाफदेही हुनुपर्ने र संसद्‍लाई चित्त बुझ्दो जवाफ दिनुपर्ने माग पनि गरिएको छ। रास्वपा उपसभापति अतिरिक्त सांसद डीपी अर्यालले सुन बरामद प्रकरणमा सरकारलाई जिम्मेवार बनोस् भन्ने दवाबका लागि प्रस्ताव दर्ता गराइएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर