अवैध क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ

काठमाडौं । कैलालीमा गैर कानुनी रूपमा क्लिनिक सञ्चालन गर्ने दुई सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका ३ बोराडाडीस्थित अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका ७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका गौरीगंगा नगरपालिका–१० घर भएकी २१ वर्षीया कमला बोहरा छन् ।
धनगढी क्षेत्रमा अनुमतिविना मेडिकल, फार्मेसी तथा औषधि पसल सञ्चालन गरेको भन्ने सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया