लघुवित्तीय संस्था पीडित र प्रहरीबीच ठेलमठेल

काठमाडौँ । । संसद् भवन घेराउ गर्न पुगेका लघुवित्तीय संस्था पीडितहरू र प्रहरीका बीच  नयाँ बानेश्वरमा ठेलमठेल भएको छ । विभिन्न ठाउँबाट आएका पीडितहरू माइतीघरमा सेल्टर बनाएर दिनहुँ प्रदर्शनमा उत्रिएका छन् । त्यही क्रममा संसद् भवन घेराउ गर्न आउँदै गर्दा एभरेष्ट होटलअगाडि प्रहरीले उनीहरूलाई अवरोध गरेको छ ।

सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि प्रतिकारमा प्रदर्शनकारीले प्रहरीको ब्यारिगेट तोड्न खोजेपछि प्रहरीसँग प्रदर्शनकारीको ठेलमठेल परेको थियो । निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर