बहिनीले आगो लगाइदिँदा दिदीको घरगोठ स्वाहा

काठमाडौं । मानसिक अवस्था ठीक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् ।

गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षकी मीना विकले दिदी दुर्गा विकको दुईतले जस्ताले छाएको घर र दुईतले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निन्युखर्क घर भएकी विक विगत पाँच वर्षदेखि दिदीको घरमा बस्दै आएकी थिइन् ।

आगलागीका कारण घरमा भएको तीन लाख पचाँस हजार नगद, सुनका गरगहना करिब चार तोला गरी १२ लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । घटनाको बारेमा विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर