मेस्सी चम्किदाँ मियामीको शानदार जित

काठमाडौं । लिग कप फुटबलमा इन्टर मियामीले लगातार दोस्रो जित निकालेको छ । बुधबार बिहान इन्टर मियामीले एटलान्टा युनाईटेडमाथि ४–० को जित निकालेको हो ।

मियामीको जितमा नायक रहे, लियोनल मेस्सी । उनले दुई गोल गरे । मेस्सीले दुई गोल गर्दै मियामीलाई लगातार दोस्रो जित दिलाउन सफल रहे ।

लिग कपको पहिलो खेलमा समेत अन्तिम मिनेटमा मेस्सीकै फ्रिकिकमा मियामीले जित निकालेको थियो ।

दोस्रो खेलमा मेस्सीले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरे । आठौं मिनेटमा मेस्सीकै गोलमा अग्रता लिएको मियामीका लागि अर्जेन्टिनी स्टारले २२ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।

रोबर्ट थोमस टेलरले ४४ औं मिनेटमा गोल गर्दै मियामीलाई आरामदायी अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मेस्सीकै पास सदुपयोग गर्दै टेलरले मियामीका लागि दोस्रो गोल गरे ।

खेल सकिन चार मिनेट अघि एटलान्टाले पेनाल्टीको अवसर पाएको थियो । तर थियागो अल्माटाले पेनाल्टी बचाउँदै क्लिन चिट राख्न सफल रहे ।

मियामीले समूह चरणका दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ । तालिकामा एटलान्टा र क्रुज अजुल अंक विहिन छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर