दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा टाईगर्सको सानदार जित

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको प्रदर्शनमा मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा भैंकूवर नाइट्सलाई पराजित गरेको छ ।

लगातार तेस्रो जित दर्ता गर्ने क्रममा टाईगर्सले ६ विकेट हराएको छ । टाईगर्सलाई जित दिलाउन दीपेन्द्रले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए ।

नाईट्सले दिएको १ सय ५० रनको लक्ष्य टाइगर्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

टाइगर्सको जितमा शेफार्न रदरफोर्डले ५३ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा अविजित रहे । दीपेन्द्र २२ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे ।

नाइट्सका लागि फिन एलेनले २ तथा रुबेन ट्रम्पलम्यानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो ।

नाइट्सका लागि ओपनर फखार जमानले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७३ रन बनाए ।

पाकिस्तानी आक्रामक ओपनर फखार जमानलाई दीपेन्द्रले १६ औं ओभरको चौथो बलमा कार्लोस ब्रेथवेटबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए ।

दीपेन्द्रले फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले १० औं ओभरको दोस्रो बलमा हर्ष थाकेरलाई ९ रनमा रन आउट गरेका थिए ।

बलिङ तर्फ दीपेन्द्रले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेटले २ विकेट लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर