अध्यक्ष बिजुक्जेसँग चिनियाँ टोलीको भेट

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेपाल भ्रमणका रहेका छिमेकी मित्रराष्ट्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच भेटवार्ता भएको छ। नेमकिपाका अध्यक्ष बिजुक्छे र चिनियाँ टोलीबीच दुईदेशको हित, आपसी सदभाव र सम्बन्धका बारेमा कुराकानी भएको नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए।

नेमकिपाका केन्द्रीय नेतासमेतको सहभागिता रहेको भेटवार्तामा नेपालको राजनीतिक अवस्था, विकासको अवस्था र दुई देशको सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा कुराकानी भएको बताइएको छ।  नेपाल भ्रमणमा रहेका च्या च्युन नेतृत्वको २६ सदस्यीय टोलीले भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन भ्रमण गरेको छ।

चिनियाँ टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले स्वागत गरेका थिए। उनले भक्तपुर नगरपालिकाका सम्पदाको बारेमा चिनियाँ टोलीलाई जानकारी गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर